USAID

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश र व्यापारिक स्वार्थमा करको दर हेरफेरको विषयमा सत्य तथ्य छानविन गर्न संसदीय समिति गठन गरेपछि अर्थमन्त्री शर्माले संसदमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।

उनले आफूले बजेट निर्माण प्रक्रियामा कुनै गल्ती नगरेको भन्दै छानबिन समितिलाई सहयोग गर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन भएको घोषणा गर्दै सदस्यहरुको नाम प्रस्तुत गरेका थिए ।

समितिमा एमालेबाट चार, कांग्रेस, माओवादी केन्द्रबाट दुई/दुई जना, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक÷एक जना सदस्य छन् । समितिको सदस्यहरुमा खजराज अधिकारी, देवप्रसाद गु