गम्भीर नैतिक प्रश्न उठिसकेपछि अर्थमन्त्रीलाई संसदमा सम्बोधन गर्ने अधिकार छैनः भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदीय छानबिन समिति बनिसकेपछि अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले संसद्मा बोल्ने अधिकार नभएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले अर्थमन्त्रीको हैसियतले अब संसद्मा बोल्ने कुनै अधिकार नभएको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले भने,‘सभामुखले अर्थमन्त्रीलाई मन्तव्यका लागि जुन बोलाउँदै हुनुहुन्छ। यसमा गम्भीर विमति छ। उहाँले संसद्मा अर्थमन्त्रीको हिसाबले बोल्ने अधिकार छैन। उहाँमाथि यो कुनै आरोप मात्रै होइन। छानबिन समिति जुन बनेको छ, उहाँको दोष छ कि छैन भनेर हेर्ने होइन। उहाँ त दोषी हुनुहुन्छ । मुलुकको अपराधसंहिता आकर्षित भएको छ। उहाँ कारबाहीको भागिदार हुनुहुन्छ। गम्भीर नैतिक प्रश्न उठिसकेपछि संसद्मा सम्बोधन गर्ने अधिकार छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *