अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन

काठमाडौं । बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश र व्यापारिक स्वार्थमा करको दर हेरफेरको विषयमा सत्य तथ्य छानविन गर्न अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन भएको घोषणा गर्दै सदस्यहरुको नाम प्रस्तुत गरेका थिए ।

समितिमा एमालेबाट चार, कांग्रेस, माओवादी केन्द्रबाट दुई/दुई जना, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक÷एक जना सदस्य छन् । समितिको सदस्यहरुमा खजराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।

प्रतिनिधिसभाले सभापति र कार्यविधि चयन गर्ने जिम्मा समितिलाई नै दिएको छ । समितिको कार्याविधि १० दिनसम्म हुने सभामुख सापकोटाले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *