सिकागो आक्रमणकारीलाई सात वटा हत्याको आरोप

स्वतन्त्रता दिवसको अवसरमा शिकागोनजिकै आयोजित एक सार्वजनिक कार्यक्रममा बन्दुक आक्रमण गर्ने व्यक्तिलाई सात वटा हत्याको आरोप लगाइएको छ । लेक काउन्टी राज्यका अधिवक्ता एरिक राइनहार्टले २१ वर्षीय रोबर्ट क्रेमोलाई सजाय दिइने बताए । हाइल्यान्ड पार्कमा भएको आक्रमणमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

राइनहार्टका अनुसार अनुसन्धानका क्रममा उनी विरुद्ध थप आरोप दर्ता गरिनेछ । उनले अहिले दर्ता गरिएको आरोप क्रेमोविरुद्ध दर्ता गरिने थुप्रै आरोपहरू मध्ये पहिलो भएको बताए । उनी विरुद्ध थप आरोपहरू लाग्ने उनको भनाई थियो ।

सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा जम्मा भएको भिड लक्षित ७० वटा गोली प्रहार गरेका थिए। त्यसपछि उनी पीडितहरूसँगै भाग्नका निम्ति महिलाको भेषमा देखिएका थिए । सोमबार आठ घण्टा लामो अनुसन्धान पछि प्रहरीले क्रेमोलाई पक्राउ गर्यो र उनीबाट आक्रमणमा प्रयोग गरिएको जस्तै दोस्रो राइफल बरामद भयो ।

उनको घरमा अन्य तीन वटा हतियार फेला परेको प्रहरीले जनाएको छ । ती सन्दिग्ध व्यक्तिले गत वर्ष पाँच वटा बन्दुक खरिद गर्नु अघि कानुनी जानकारसँग दुई पटक सम्पर्क गरेको प्रहरीले जानकारी दिएको छ । सन् २०१९मा आत्महत्या गर्ने प्रयास गरेको बताइएको एक साता पछि प्रहरीलाई ती व्यक्तिको घरमा बोलाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *