USAID

टर्कीको जङ्गलमा इन्धन सम्बन्धी गतिविधि गर्न प्रतिबन्ध

टर्कीको जङ्गलमा आगोको प्रयोग गर्नुपर्ने कुनैपनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । जङ्गलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि जङ्गलमा आगो बाल्नु पर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो । यही जुलाई महिनाको अन्त्यसम्म यो नियम लागू हुने अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

इस्तानबुलका गभर्नर अलि यर्लिकायले सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएको जानकारी अनुसार इन्धन सम्बन्धी गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । विषेश गरेर जङ्गलमा गएर पकाउने, पोल्ने, आगो बाल्ने लगायतका काम नगर्न आग्रह गरिएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय पार्क, बनभोज जाने ठाउँ, पर्यटकीय क्षेत्र लगायतमा यस्ता गतिविधि धेरै हुने गरेकाले त्यस क्षेत्रमा निगरानी पनि बढाइएको छ । पछिल्लो समय जङ्गलमा भएका आगलागीका घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केही जङ्गली जीव जन्तु तथा पक्षीहरू मरेका थिए । आगलागीका कारण धेरै वनस्पति जलेर नष्ट हुनुका साथै वातावरणमा पनि धेरै नकारात्मक असर परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *