रुट र बेयरस्टोको शानदार सतकमा भारतमाथि इंग्ल्याण्डको जीत

एजेन्सी । जोए रुट र जोनी बेयरस्टोले सतक पुरा गरेपछि भारतविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा इंग्ल्याण्डले एतिहासिक जीत निकालेको छ । मंगलबार भएको पाँचौ टेस्टको अन्तिम दिनमा आफ्नो टेस्ट इतिहासकै सर्वाधिक ठुलो विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले भारतलाई ७ विकेटलले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो ।

जीतको लागि ३ सय ७८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले पाँचौ दिनको पहिलो सेसनको ७६.४ ओभरमा ३ विकेट गुमाउँदै ३ सय ७८ रन बनाउँदै लक्ष्य भेट्टायो । इंग्ल्याण्डलाई जीत दिलाउन जोए रुट र जोनी बेयरस्टोले शानदार सतक पुरा गरे । दुई ब्याट्सम्यानले चौथो विकेटको लागि २ सय ६९ रनको साझेदारी गर्दै टोलीलाई एतिहासिक जीत दिलाएका हुन् । रुटले १ सय ७३ बल खेल्दै १९ चौका र १ छक्काको मद्दतमा १ सय ४२ रन बनाए । यस्तै बेयरस्टोले १ सय १४ रन जोडे । उनले १ सय ४५ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।

भारतको लागि जस्प्रित बुम्राले १७ ओभरमा १ मेडन राख्दै ७४ रन दिएर २ विकेट लिए ।

यसअघि बिर्मिन्घाममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ८४.५ ओभरमा अलआउट हुँदै ४ सय १६ रन बनाएको थियो । एक समय खराबस्थितिमा रहेको भारतलाई ऋषव पन्त र रविन्द्र जडेजाले दोहोरो सतकीय साझेदारी गर्दै टोलीको इनिंग उकासेका थिए । पन्तले १ सय ११ बलमा १९ चौका र ४ छक्काको सहयोगमा १ सय ४६ रन बनाउँदा जडेजाले १ सय ४ रन बनाए । उनले १ सय ९४ बलमा १३ चौका प्रहार गरे । यस्तै जस्प्रित बुम्राले अन्त्यमा विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदा हनुमा भिहारीले २०, शुभ्मन गिलले १७, मोहम्मद शामीले १६, श्रेयस आयरले १५, चितेश्वर पुजाराले १३ र विराट कोहलीले ११ रन जोडे ।

इंग्ल्याण्डको लागि जेम्स एन्डरसनले २१.५ ओभरमा ४ मेडन राख्दै ६० रन दिएर ५ विकेट लिँदा मात्थेउ पोट्सले २, स्राउट ब्रोड, बेन स्टोक्स र जोए रुटले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ६१.३ ओभरमा अलआउट हुँदै २ सय ८४ रनमा समेटियो । इंग्ल्याण्डको लागि जोनी बेयरस्टोले सतकीय इनिंग खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । बेयरस्टोले १ सय ४० बलमा १४ चौका र २ छक्काको सहयोगमा १ सय ६ रन बनाए । यस्तै साम बिलिंग्सले ३६, जोए रुटले ३१, बेन स्टोक्सले २५ र मात्थेउ पोट्सले १९ रनको योगदान गरे ।

भारतको लागि मोहम्मद सिराजले ११.३ ओभरमा २ मेडन राख्दै ६६ रन खर्चेर ४ विकेट लिँदा जस्प्रित बुम्राले ३, मोहम्मद शामीले २ र शार्दुल ठाकुरले एक विकेट लिए ।

पहिलो इनिंग्समा १ सय ३२ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङ्समा ८१.५ ओभरमा अलआउट हुँदै २ सय ४५ रन बनायो । भारतको लागि चितेश्वर पुजारा र ऋषव पन्तले अर्धसतक बनाए । पुजाराले ६६ रन बनाउँदा पन्तले ५७ रन बनाए । यस्तै रविन्द्र जडेजाले २३ विराट कोहलीले २०, श्रेयस आयरले १९, मोहम्मद शामीले १३ र हनुमा बिहारीले ११ रन जोडे ।

इंग्ल्याण्डको लागि बेन स्टोक्सले ११.५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिँदा स्ट्राउट बोर्ड, मात्थेउ पोट्सले २/२ विकेट लिए । हेन्स एन्डरसन र ज्याक लिचको नाममा एक/एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *