इन्डोनेसियामा डुंगा डुब्दा १५ माझी बेपत्ता

इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार मङ्गलबार खराब मौसम तथा हावाहुरीका कारण यआरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो । उक्त डुंगा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

उद्धार कार्यमा खटेका अधिकारीहरुले दिएको जानकारी अनुसार उनीहरु आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार सो डुंगामा कम्तीमा पनि २५ जना सवार थिए । तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरु १५ जना हराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *