धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको बताएका छन् ।
मंगलबार कैलालीको धनगढीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको बताएका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन् ।’ उनले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति भएको दाबी गरे । महासचिव पोखरेलले एकीकृत समाजवादी र माओवादी कम्युनिष्ट नभएको आरोप लगाए ।