आपतकालीन उद्वार तथा प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिम सम्पन्न

स्याङ्जा, असार १९ । वालिङ् बहुमुखि क्याम्पस, युवा रेडक्रस सर्कलको आयोजना र नेपाल रेडक्रस सोसाइटि स्याङ्जाको सहयोगमा आपतकालीन उद्वार तथा प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

घाईते तथा बिरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र स्रोतहरुको प्रयोग गरी सुरक्षा नियमका आधारमा दक्ष चिकित्सा सेवा प्राप्त नहुँदासम्म अवस्था बिग्रनबाट जोगाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखाको समन्वयमा प्राथमिक उपचार सम्बन्धी २ दिने आधारभुत तालिम सम्पन्न गरिएको हो ।

प्राथमिक उपचार सम्बन्धी तालिमलाई नेपाल रेडक्रस सोसाईटि स्यङ्जा जिल्ला शाखाका सभापति एबम् कार्यक्रमका प्रमुख अतिथि श्री दिनेश अर्याल ज्यू प्रशिक्षक वास अधिकृत घनश्याम पौडेल ज्यू र लेखा कर्मचारी मित्र लम्साल ज्यूले सहजिकिकरण गर्नु भएको थियो ।

तालिममा प्राथमिक उपचार, विरामीको जाँच योजना, कृत्रिम स्वासप्रस्वास प्रक्रिया चोटपटक, घाउ लगायतका अन्य प्रकोपको प्राथमिक उपचार र रोकथामको बारेमा जानकारी दिईएको आयोजकले जनाएको छ । दुई दिने उक्त तालिममा ७ विद्यालयका २८ जना विद्यार्थी ५ जना शिक्षक गरि ३३ जनाले सहभागिता जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *