माओवादी केन्द्रको बैठक आज

काठमाडौं। पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी रहेको बताए ।

केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन पनि कार्यसूचीमा रहेको उनले बताए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा पनि हुने छ । बैठकले आगामी सङ्घ तथा प्रदेशको निर्वाचनका लागि तयारी र रणनीतिको पनि तय हुने छ ।

२०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न पार्टीको आठौँ महाधिवेशन २४६ सदस्यीय केन्द्रीय समिति चयन गरेर सम्पन्न भएको थियो । पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । अध्यक्षबाहेकका अन्य पदाधिकारी हालसम्म चयन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *