USAID

शान्ति मिसनबारे प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका पदाधिकारीबीच वार्ता

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेका थिए । भेटमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरुका बारेमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्माले सैन्य मामिला कार्यालय (ओएमए) का सैन्य सल्लाहकार जनरल बिरामे डि