अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा विजयी शुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको हो ।

जीतको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमै समेटियो । ओन्टारियोलाई सस्तैमा समेट्न नेपालको लागि पवन सरार्फले ६ ओभरमा २८ रन दिएर ३ विकेट लिए । यस्तै दीपेन्द्र सिंह एरी, अरिफ शेख र किशोर महतोले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । नेपालको लागि विनोद भण्डारीले अर्धसतक पूरा गरे । उनले ५९ बलमा ५७ रन बनाए । असिफ शेखले ७५ बलमा ४२ रनको योगदान गरे ।

अब नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ । त्यसपछि नेपाल त्यहिबाट आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्डतर्फ लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *