इरानमा कार दुर्घटनामा १० जनाको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुईजना घाइते भएका इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन् । घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले जनाकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *