बालुवाटारस्थित सुनौलो परिवार कार्यालयको भवनमा आगलागी

काठमाडौं। काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको छ । आज बिहान करिब ६ बजे सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।

सुनौलो परिवार कार्यालयको भवनमा लागेको आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर परिचालन गरिएको । आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *