वामदेवको एकता अभियान, यी पाँच पार्टीसँग मर्जर गर्दै

काठमाडौं। नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले पाँचवटा दलसँग मिलेर नयाँ दल गठन गर्ने भएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ दल घोषणा गरिने उनले जनाएका छन् ।

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादीसँग एकता भइसकेको र आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समुह पनि यसमा एकता हुने स्रोतले जनाएको छ।

गौतमको नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने जनाइएको छ । पार्टीको संयोजकमा गौतम, सचिवमा डिबी कार्की, प्रचार विभागमा नीमकान्त पाण्डेको नाम फाइनल भएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *