सरकारमा नयाँ मन्त्री पठाउने जसपाको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय छ। सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले नयाँ मन्त्री पठाउने अधिकार पार्टी अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव मन्त्री देउवा सरकारको मन्त्रीमा सहभागी रहेका छन्।

उक्त कार्यकारिणीको बैठकमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन। बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *