जासुसी गर्नसक्ने भन्दै चिनियाँ सहरमा टेस्ला कार प्रतिबन्ध

काठमाडौं । जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्त्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई प्रवेश प्रतिबन्ध लगाइएको छ।

बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन्। यसको आधिकारिक घोषणा भने भईसकेको छैन् । ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना हुँदैछ ।

कारमा जडान गरिएका क्यामेराले जासुसी गर्न सक्ने आशंकामा टेस्लालाई प्रतिबन्ध लगाइएको जनाइएको छ। टेस्लाको तेस्रो मोडलमा ८ वटा क्यामेरा तथा मिलिमिटर-वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *