प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’  विधेयक प्रस्तुत गर्ने, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ु लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

गृहमन्त्रीले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९’ लाई समेत प्रस्तुत गर्ने कार्यसूची छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *