यस्तो छ मधेस प्रदेशको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार प्रतिशत रहेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ रहेको अर्थमन्त्री साहले बताए । प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *