राष्ट्रसंघका महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको महासचिव गुटर्रेसका प्रवक्ताले जानकारी दिएका छन् ।

साथै उनीहरुका बीच इरानी आणविक सम्झौतका विषयमा पनि आवश्यक छलफल भएको जनाइएको छ । त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिएका छन् । त्यसैगरी शक्ति राष्ट्रहरुसँगको इरानको आणविक सम्झौतका बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *