खोलाले बगाउँदा शुक्लागण्डकीमा एकको मृत्यु

दुलेगौंडा । खोलाले बनाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति भारी वर्षाको कारण बढेको मान्द्रे खोलाले बगाउँदा शुक्लागण्डकी वडा नम्बर १० घर भएका ५० वर्षीय याम बहादुर विकको मृत्यु भएको हो ।

शुक्रब्रार राति घर जाने क्रममा मान्द्रे खोलाले बगाएपछि विक बेपत्ता रहेका थिए । उनको शव शनिबार बिहान शुक्लागण्डकी-८ फिर्दी स्थित बराह खोला नजिकै घोप्टो परेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *