विद्युत् निर्यात बढ्दापश्चिम नेपाल असन्तुष्ट

काठमाडौं । बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गरेको छ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिने अपेक्षा गरिएको छ ।

यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन् । त्यसको एउटै कारण हो आफूले पाएको गुणस्तरहीन बिजुली । दैनिक साढे सात करोड रुपैयाँको विद्युत् निर्यात भएको समाचार आउँदा धनगढी निवासी चिरञ्जीवी आचार्यको प्रतिक्रिया छ, “कागलाई बेल पाक्यो हर्ष न विस्मात ।

४५ डिग्री तापक्रममा १५० भोल्टको बिजुली आउँछ, गु्नासो ग¥यो, सबस्टेसन बनेपछि समाधान हुन्छ भन्छन् ।” नेपालगञ्जकी प्रियङ्का साहको प्रतिक्रिया छ, “छिनछिनमा झ्याप्पझ्याप्प बिजुली जान्छ, यो तातोमा हामी निसासिनु कि मर्नु ?”समस्या तराईको सहरी गर्मीको मात्र होइन, पहाडी ग्रामीण इलाकाले पनि उस्तै गुनासो गर्दैछ । प्युठान नगरपालिका–४ का स्थानीय शिशिर सुवेदी भन्नुहुन्छ, “बत्ती जाने त कति हो कति साँझ मैन बत्ती वा अन्य विकल्प तयार नगरी खाना खान बस्दैनौ ।।

लाइन आए पनि हाफ लोडको बिजुलीले फ्रिज, टीभी चल्दैनन् ।” विद्युत्को यस्तो गुणस्तर भोगिरहेका सुवेदी सरकारले प्रत्येक घरधुरीमा इन्डक्सन चुलो दिने कार्यक्रमलाई पनि गिज्याउनु हुन्छ । नेपाल विद्युत् प्राधिकरणले निर्यातको आँकडासँगै विद्युत् आयातको पनि आँकडा राखेको हुन्छ । बुधबार मात्रै नेपालले भारतबाट दुई हजार ८६ मेगावाट घण्टा विद्युत् आयात गरेको देखिन्छ ।

“बढी भएर निर्यात भन्दै गर्दा आयात किन ?” यो प्रश्नमा नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख मनोज शिलवालले भने, “पूर्वी नेपालको बिजुली पश्चिम पु¥याउने प्रसारण लाइन नभएर पश्चिम नेपाललाई पर्याप्त बिजुली दिन सकिरहेका छैनौँ । भारतबाट आयातित र चमेलियाको बिजुलीले मात्र पश्चिम नेपालको विद्युत् व्यवस्थापन गर्न समस्या भएको छ ।” गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *