जनकपुरबाट भैरहवा आउँदै बस रोहिणी नदीमा खस्यो, ९ जनाको मृत्यु

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रहेको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान पुलबाट नदीमा खसेको हो ।

बसमा ३३ जना सवार रहेका थिए । दुर्घटनामा घाईते भएकाहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *