खुल्यो बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ

काठमाडौं। बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासनपश्चात् बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ छिटोमा जेठ २५ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असार ३ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ ।

पछिल्लो समय आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा यस कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने सम्भावना बढी छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *