बालेन्द्र शाहलाई पहिलो गाँसमै ढुङ्गा, फोहोर विसर्जन गर्न नदिने स्थानीयको अडान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए ।

वार्तामा स्थानीय दलका केही कार्यकर्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए । सरकारसँग वार्ताको विषयमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालाई बोलाइएको थिएन । एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन् ।

स्थानीयले मेयर घोषणा भएपछि मेयर साहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन् ।

बरु उहाँले भर्खरै पदबहाली भएका छौ‌, अबको केही दिनपछि माग पूरा गर्नेछौं भनेर केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर गर्दै स्थानीय भन्छन्–‘तर उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएको छ, हामी उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न दिन्नौं ।’

महानगरपालिकाको मेयरमा विजयी भएकै दिन शुक्रबार दिउँसो साह केही सहयोगी लिएर सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए ।

उनले व्यवस्थित रूपमा फोहोर विसर्जन गर्ने बताउँदै माग पूरा नभएसम्म फाहोर नल्याउने वचन दिएका थिए । त्यसअघि सरकारले सुरक्षाकर्मीको सुरक्षा घेरामा फोहोर विसर्जन शुरू गरेको थियो ।मेयर साह आएको दिनदेखि बन्चरेडाँडा ल्यान्डफिलमा फोहोर जान सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *