दुर्घटनाग्रस्त विमानका क्षतविक्षत तस्बिरहरु

काठमाडौं, १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको छ । स्थानीयवासीले सुरक्षाकर्मीलाई दुर्घटनास्थलबारे जानकारी गराएपछि घटनाको पुष्टि भएको हो । दुर्घटनाग्रस्त क्षेत्रबाट स्थानीयवासीले तस्बिर पठाएका छन् ।

तारा एयरको विमान जोमसोमका लागि पोखराबाट उडेकोमा आइतबार विहानबाट वेपत्ता थियो । मौसमको खराबीले खोजी कार्य जटिल बनेको थियो । आज विहानै मौसम खुलेपछि खोजी भएको थियो । स्थानीयवासीले दुर्घटनास्थलबारे जानकारी दिएपछि दुर्घटनास्थल पत्ता लागेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *