यात्रुहरूको शव चिन्न नसकिने अवस्थामा

काठमाडौं। तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ ।

फिस्टेल एयरको हेलिकप्टरबाट पुगेको प्रहरीको टोलीले दुर्घटनास्थलमा परेका यात्रुहरू जलेको अवस्थामा भेटाएका छन् । दुर्घटनमा परेकाहरुको शव चिन्न नसकिने अवस्थामा रहेका छन् ।

विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ । आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।बाङ्गमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *