कक्षा १२ को परीक्षा आजदेखि, चार लाख परीक्षार्थी सहभागी हुँदै

काठमाडौं। कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परिक्षा सञ्चालनका लागि देशभरका एक हजार २९२ परिक्षा केन्द्र तोकिएका छन् ।

परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने परिक्षा बोर्डले जनाएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर्र) मा परीक्षा सञ्चालन गरिएको थियो ।

यसैबीच कक्षा ११ को परीक्षा पनि आजदेखि नै नै सञ्चालन हुनेछ। कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *