वालिङ । लियो क्लब अफ वालिङ सिटीको अध्यक्ष लियो सुमना लामिछाने चयन भएकी छन् । लियो क्लब अफ वालिङ सिटीको चौथो साधारण सभा तथा तेस्रो अधिबेशनबाट सतप्रतिशत मतका साथ लायन बर्ष २०२२/२३ को लागि लियो सुमना लामिछाने (मनिषा) निर्वाचित भएकी हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालका सिनियर (एओजी) लायन चेत नारायण श्रेष्ठ, विशिष्ट अतिथि क्षत्रीय अध्यक्ष लायन कविता भुसाल, लियो जिल्ला परिषद ३२५ बि १ नेपाल प्रो लियो दिक्षान्त प्रताप खाँण लगायत बोलेका थिए । यस्तै क्लबको प्रथम उपाध्यक्षमा लियो प्रज्ज्वल रनपाल , द्वितीय उपाध्यक्षमा लियो हरि रेग्मी, तृतीय उपाध्यक्षमा लियो समीर श्रेष्ठ निर्वाचित निर्वाचित भएका छन् ।
निर्वाचीत अध्यक्षले सचिबमा लियो किशोर बस्याललाई मनोनीत गरे । कार्यक्रममा बोल्दै श्रेष्ठले वार्षिकी गर्दै आएका कार्यले यो वर्षपनि निरन्तरता पाउने र यो वर्ष नि नयाँ रचनात्मक कार्य गर्ने विश्वास लिएको बताए । कार्यक्रममा स्वागत मन्तव्य लियो प्रज्ज्वल रनपालले राखेका थिए र अध्यक्षता लियो खुम शर्मा, संचालन लियो किशोर बस्यालले र आफ्नो आगामी कार्यक्रम सहित धन्यवाद मन्तव्य निर्वाचित अध्यक्ष लियो सुमना लामिछानेले दिएकी थिइन् ।
