आईपीएल फाइनलः उपाधिका लागि गुजरात र राजस्थान भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत आज हुने फाइनल खेलमा गुजरात टाइटान्स र राजस्थान रोयल्स भिड्दैछन् । अहमेदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्दै उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आईपीएलको नयाँ टोली गुजरात पहिलो सहभागितामै उपाधि जित्ने लक्ष्यमा रहेको छ । प्रतियोगितामा समान प्रदर्शन गरेको गुजरात लिगको शिर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यसैले राजस्थान आजको खेलमापनि सोही लयलाई निरन्तरता दिँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

यता राजस्थान भने पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिँदै उपाधिमा आफ्नो नाम लेखाउने दाउमा रहेको छ । राजस्थानले क्वालिफायरमा ७ विकेटको हार बेहोरेको थियो ।

पहिलो क्वालिफायरमा पराजित भएपनि दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको राजस्थान उच्च मनोबलमा रहेको छ । राजस्थानले लिग चरणको खेलमापनि गुजरातसँग ३७ रनको हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *