पोखरा विमानस्थलमा खबरको पर्खाइमा यात्रुका आफन्त

पोखरा । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो ।

पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ । यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो ।

यसैबीच, मुस्ताङको लेते क्षेत्रमा हराइरहेको तारा एयरमा सवार यात्रुका आफन्त पोखरा विमानस्थलमा आइपुगेका छन् । विमानस्थल परिसरमा आएका उनीहरु भावविह्ल देखिएका छन् । हराएको विमान तथा यात्रुका बारेमा यत्तिका समयसम्म पनि ठोस खबर नपाउँदा आशा मार्न थालेका छन् । विमानस्थलमा उनीहरुको रुवावासी चलेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *