ब्राजिलमा बाढीमा परी ३७ जनाको मृत्यु, हजारौँ विस्थापित

भारी वर्षा र त्यसपछि आएको बाढीमा परी उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा २ जनाको वर्षाका कारण ज्यान गएको बताइएको छ । रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *