खराब मौसमका कारण वेपत्ता जहाजको खोजीमा समस्या

पोखरा । मौसम खराब भएपछि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको छ । पानी परेकाले खोज तथा उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार सम्पर्कविहीन जहाजा खोज्न जोमसोमबाट हेलिकोप्टर पठाइएको थियो ।

अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीयले खोजी गरिरहेका प्रहरीले जनाएको छ । पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने थियो । तर जहाज त्यसअघिनै सम्पर्कविहीन भएको थियो ।

विमानमा सवार यात्रुकाे नामावली

तारा एअरका अनुसार विमानमा रितिका त्रिपाठी, धनुष त्रिपाठी, अशोककुमार त्रिपाठी, तुलसादेवी तामाङ, सुकुमाया तामाङ, राममाया तामाङ, मकरबहादुर तामाङ, प्रकाश सुनुवार, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ, गणेश नारायण श्रेष्ठ, वसन्त लामा, इन्द्रबहादुर गोले, पुरुसोत्तम गोले, रामकुमार गोले, रबिना श्रेष्ठ सवार थिए । यीमध्ये चार जना भारतीय नागरिक हुन्।

जर्मन नागरिक वई विल्लनर र माइक ग्रिटग्राफ पनि जहाजमा सवार थिए । जहाज क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए । चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र किस्मी थापा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *