तारा एयरको जहाज मुस्ताङको तेले माथिको पहाडमा ठोक्किएको आशंका

काठमाडौं । पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको तेलेमाथिको पहाड (टिटि ताल क्षेत्रमा) मा ठोक्किएको आशंका गरिएको छ । अहिलेसम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन ।

बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना तेस्राे मुलुकका यात्रु रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।

जहाज सम्पर्क बिहिन हुँदा १२ हजार ८ सय २५ फिटको उचाईमा थियो । जहाजको अन्तिम लोकेसन म्यादीको शिखा क्षेत्र रहेको छ ।

उक्त जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो । जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मी थापा थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *