पाकिस्तानद्वारा प्रस्तावित विश्वव्यापी सुरक्षा प्रयासको स्वागत

पाकिस्तानले चीनको प्रस्तावित विश्वव्यापी सुरक्षा प्रयास (ग्लोबल सेक्युरिटी इनिसिएटिभ, जिएसआई)को स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका सिद्धान्तलाई मूल आधार बनाएर चिनियाँ नेतृत्वले प्रस्ताव गरेको (जिएसआई) लाई पाकिस्तानी विदेश मन्त्रालयले स्वागत गरेको हो ।

जिएसआई संयुक्त राष्ट्रसङ्घको बडापत्र, राज्यहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान, बहुपक्षीयता, विवादको शान्तिपूर्ण समाधान र सुरक्षा हितका सन्दर्भमा देशहरूको समानतामा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता असिम इफ्तिखार अहमदले बताएका छन् ।

जिएसआईले साझा, विस्तृत, सहकार्यात्यमक एवम् दिगो सुरक्षाको दृष्टि बोकेको त्यसले सहकार्य र समन्वय–सञ्चालित दृष्टिकोणको पैरवी गरेको तथा शक्ति प्रतिस्पर्धा, हतियारको होडवाजी र युद्धको दौडको माध्यमबाट सुरक्षा मानसिकतालाई प्रतिस्थापन गरेको प्रवक्ताले जनाएका छन् ।

“यो समसामयिक विश्वव्यापी वास्तविकताहरूको सामना गर्न समयसापेक्ष आह्वान हो जहाँ अन्तर्राष्ट्रिय समुदायले परम्परागत र गैर–परम्परागत जोखिमको सामना गर्दछ जुन अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षातर्फ समग्र दृष्टिकोण आवश्यक छ,” जिएसआईले जलवायु परिवर्तन, जनस्वास्थ्य, पानी, ऊर्जा र खाद्य सुरक्षा जस्ता साझा चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतालाई मान्यता दिएको उल्लेख गर्दै शुक्रबारको साप्ताहिक संवाददाता सम्मेलनमा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *