नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ?

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा जान लागेको भन्दै आपत्ति जनाएका छन् । शनिबार सामाजिक संजालमार्फत रावलले अमेरिका भ्रमणका क्रमा प्रधानमन्त्री देउवाले अमेरिकी रक्षा उपसहायक मन्त्रीसँग कुरा गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन् ‘देश निर्वाचनमा रहेको बेला प्रधानमन्त्री देउवा सरकार संविधानद्वारा निर्देशित असंलग्न स्वतन्त्र परराष्ट्र नीति भत्काउन तल्लीन छ । प्रधानमन्त्री देउवा अमेरिका जाने रे, त्यसको लागि राजदूत खत्रीले अमेरिकी रक्षा उपसहायक मन्त्रीसँग कुरा गरे रे ! नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ? एमसीसी सम्झौता पछि ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *