प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अहिले बिहान ११ बजे बस्ने तए भएको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राख्दै आएका छन्।

भोली (आईतबार) सरकारले आर्थिक बर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

preload imagepreload image