राजस्थानलाई बैंगलोरको मध्यम विजयी लक्ष्य

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर्स अन्तर्गत जारी खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । नरेन्द्र मोदी रंगशालामा जारी खेलमा बैंगलोरले राजस्थानलाई जीतको लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको हो । बैंगलोरको लागि रजत पाटिडरले अर्धसतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५८ रन जोडे । फाफ डुप्लेसिसले २७ बलमा ३ चौकाको सहयोगमा २५ रन बनाउँदा ग्लेन म्याक्सवेलले २४ र शहबाज अहमेदले १२ रनको योगदान गरे ।

राजस्थानको लागि प्रसिद्ध कृष्णले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिँदा ओबेद म्याक्वेलेपनि ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट र रविचन्द्रन अश्विनले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *