नेपाल टी ट्वान्टी लिगको टेन्डर खुला

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ ।

अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा शुक्रबार सार्वजनिक विज्ञप्ति उल्लेख गरिएको छ । क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेन्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ ।

क्यानको गत मङ्गलबार बसेको बोर्ड बैठकले छ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *