एमालेद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि विरुद्ध संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । नेकपा एमाले र राप्रपाका सांसदले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्ध संसदमा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।

भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव मंगलबार बुझाएका हुन् । पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान विरुद्ध गएर पछिल्लो समय हप्तादिनमित्रै दुई पटक बृद्धि गरिएको भन्दै त्यो फिर्ताको माग उनीहरूले राखेका छन् ।

सरकारसँग मूल्य वृद्धि न्यूनिकरणका लागि भएका प्रयासबारेका खाका माग गर्न संसद्मा छलफल गर्नुपर्ने पनि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *