वीरगंजमा गठबन्धनका उम्मेदवार जित नजिक, जसपाका सिंहको ३३ हजार, एमालेका सरावगीको १७ हजार

वीरगंज । वीरगंजमा महानगरपालिकामा सत्ता गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंह जितको नजिक पुगेका छन् । ३२ वडा रहेको वीरगंज महानगरपालिकाका २९ वडाको ६९ हजार ४७५ मत गणना गर्दासम्म जसपाका मेयरका उम्मेदवार सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा १६ हजार १११ मतले अगाडि छन् ।

सिंहले ३३ हजार ९१९ मत ल्याउँदा सरावगीले १७ हजार ८०८ मत प्राप्त गरेका गरेका छन् । त्यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलम जितको नजिक पुगेका छन् । लोसपाका पुरुषोत्तमलाल झा भन्दा आलम १७ हजार २९६ मतले अगाडि छन् । आलमले २३ हजार १६४ मत ल्याउँदा झाले ५ हजार ८६८ मत ल्याएका छन् । राप्रपाकी बिना जैसवाल कुर्मीको मत ४ हजार ४१० छ । जम्मा एक लाख २४ हजार ६४७ मतदाता रहेको वीरगञ्ज महानगरपालिकामा ९३ हजार २३६ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *