बिहारमा आँधीबाट ३३ जनाको मृत्यु

भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ ।बिहार राज्यका मुख्मन्त्री नितिश कुमारलाई उदृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ । यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ ।

आँधीले सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ । भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरुलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *