बार्सिलोनालाई हराउँदै लियोनले जित्यो च्याम्पियन्स लिगको उपाधि  

एजेन्सी । फ्रेन्च क्लब ओलम्पिक लियोनले युईएफए वुमेन्स च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा बार्सिलोनालाई ३-१ गोलले पराजित गर्दै लियोनले आठौं पटक वुमेन्स च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

एल्लिनाज रंगाशालामा भएको फाइनल खेलमा लियोनलाई जीत दिलाउन अमान्डिने हेन्री, अडा स्टोल्स्मो हेगेर्बग र काटारिना मासारिओले एक-एक गोल गरे । बार्सिलोनाको लागि एलेक्सिया पुटेल्लासले एक गोल फर्काइन् । सबै गोल पहिलो हाफमा भएको थियो । खेलको छैटौं मिनेटमा हेन्रीले गोल गर्दै लियोनलाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

२३ औं मिनेटमा सेल्माको पासमा हेगेर्बर्गले गोल गर्दै लियोनको अग्रता दोब्बर बनाइन् । ३३ औं मिनेटमा हेगेर्बर्गको पासमा काटारिनाले गोल गर्दा लियोन सहज जीततर्फ अगाडि बढेको थियो । ४१ औं मिनेटमा हान्सेनको पासमा पुटेल्लासले गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको स्थितिमा ल्याएकी थिइन् ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लियोन ३-१ गोलले पराजित भएको हो । जीतसँगै लियोनले आठौँ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा सिजनभरि एक खेलमात्र हारेको बार्सिलोनाले उपविजेतामा चित्त बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *