USAID

कालीगण्डकीको छेउमा जब साइकल गुड्यो…

काठमाडौं । पर्यटकीयस्थल र हिमालपारीको जिल्लाका रुपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो । स्वदेशी विदेशी खेलाडी भेला भएका थिए । कोही डोरी लिएर पहाड चढ्न थाले भने कोही दौडन ।

न त जाडो न त गर्मी मौसम । नजिकै निलगिरी हिमाल र अनि तल बगीरहेको कालीगण्डकी । प्रख्यात कवि भूमि शेरचनको जन्मस्थल थाक खोला नजिकै भइरहेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना नेपाली सेनाले गरेको थियो । खेलकुद क्षेत्रको विकास र विस्तारका लागि निरन्तर लागि परेको सेनाले शालिग्राम पाइने कालीगण्डकीको छेउतिर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर नयाँ इ