USAID

धनुषाको सबैलामा माृतकाका भाइ मेयरमा निर्वाचित

धनुषा । धनुषाको सबैला नगरपालिकामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रले जित निकालेको हो ।

माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएका छन् । मेयरमा निर्वाचित कारीराम माओवादी नेता मातृका प्रसाद यादवका कान्छा भाइ हुन् ।

कारीराम ४ हजार २११ मत ल्याएर मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेसका उम्मेदवार जगत सुन्दर साहले ४ हजार ७६ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकै रहिमा खातुन ४ हजार ६९९ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किरण कापरले ३ हजार ६०४ मत प्राप्त गरिन्।

CivActsAd