विराटनगर । मोरङको रतुवामाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाई १३ हजार १३५ मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयरमा नेकपा एमालेकी दमयन्तादेवी चुडाल नौ हजार ३७४ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुमन कालीकोटे आठ हजार ४७९ मत प्राप्त गरेका छन् ।
उक्त नगरपालिकामा नेकपा एमालेले वडा नं २, ३, ४, ६ र ७, नेपाली कांग्रेसले ५, ८, ९ र १० तथा नेकपा (माओवादी केन्द्र) ले १ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।