USAID

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल १० हजार मतले अगाडि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणम अनुसार हमालले १० हजार ७७ मतको अग्रता लिएका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ४४ हजार १०३ मत गन्दा हमालले २० हजार ६ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ९२९ मतसहित हमाललाई पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ९१४ मत ल्याएर तेस्रो स्थानमा छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा टक्कर भइरहेको छ। अधिकारीले ९ हजार