USAID

कांग्रेसद्वारा बाजुराको बूढीगङ्गामा पुनः मतदानको माग

काठमाडौं । नेपाली कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुराको बूढीगङ्गा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा (एमाले)का कार्यकर्ताले ‘बुथ कब्जा गरी’ फर्जी मत हालेको आरोप लगाएको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत एमालेका कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवार र प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी फर्जी मत हालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिँदै एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्य भएको भन्दै