USAID

नयाँ जनप्रतिनिधिको शपथसँगै पालिकाको निर्वाचन कार्यक्रम सुरु

काठमाडौं । मतगणनाको अन्तिम मत परिणाम घोषणा भएका स्थानीय तहमा नयाँ जनप्रतिनिधिको शपथ र कार्यपालिकाका निर्वाचनका कार्यक्रम सुरु भएका छन् ।

निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा २१४ स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ र नगर कार्यपालिकामा नीहित रहेको छ । संविधानको धारा २१५ उपधारा (४) मा गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र गाउँसभाका सदस्यले आफूमध्येबाट निर्वाचित