कावासोती नगरपालिकाको मेयरमा एमाले विजयी

परासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अन्तिम मतपरिणामअनुसार मेयर र उपमेयरमा दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो ।

कावासोती नगरपालिका मेयरमा एमालेका विष्णुप्रसाद भुसाल निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोखरेललाई ३०४ मतते पछि पार्दै कावासोतीको मेयरमा भुसाल निर्वाचित भएका हुन् । निर्वाचित भुसालले १८ हजार ६०८ मत प्राप्त गर्दा पोखरेलले १८ हजार ३०४ मतमात्रै प्राप्त गरे ।

त्यसैगरी कावासोती नगरपालिका उपमेयरमा पनि एमालेकै उम्मेदवार फूलकुमारी थनेत निर्वाचित भएकी हुन् । उपमेयरमा नेकपा (माओवादी केन्द्र)का पतिराम थनेतलाई पाँच हजार ४६३ मतान्तरले पराजित गर्दै फूलकुमारी उपमेयरमा निर्वाचित भएका हुन् ।

एमालेकी उम्मेदवार फूलकुमारीले १९ हजार २४ मत प्राप्त गर्दा माओवादी केन्द्रका पतिरामले १३ हजार ५६१ मतमात्रै प्राप्त गरे । १७ वटा वडा रहेको कावासोती नगरपालिकामा १२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको छ । त्यस्तै, चार वटा वडाध्यक्ष नेपाली कांग्रेस र एउटा वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)ले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *